नेकपा एसका अध्यक्ष नेपाल सरकारको काम कारबाहीप्रति असन्तुष्ट | Khabarhub Khabarhub

नेकपा एसका अध्यक्ष नेपाल सरकारको काम कारबाहीप्रति असन्तुष्ट


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।

जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढ्न सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : ०४ बजे

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलका साथ काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट काठमाडौं बाहिर लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका