बाग्मती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने « Khabarhub

बाग्मती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ। एमाले र राप्रपाले बजेट विभेदकारी रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।

बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि बैठक तीन दिनका लागि स्थगित गरिएको थियो । 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ३३ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र