एमालेसँगको एकता जोगाउन नसक्नु दुःखद्, नेकपा ब्युँताउनु पर्छ: प्रधानमन्त्री « Khabarhub

एमालेसँगको एकता जोगाउन नसक्नु दुःखद्, नेकपा ब्युँताउनु पर्छ: प्रधानमन्त्री


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका कमी कमजोरीबाट सिकेर नेकपा ब्युँताउनु पर्नेमा जोड दिए । उनले भने, ‘कमजोरीबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ 

प्रधानमन्त्री दाहालले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कनु पर्ने बताए। उनले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। 

उनले के कारणले कम्युनिष्ट विभाजित भए भन्ने बारेमा पनि गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै समाजवादी मोर्चामार्फत वामपन्थी एकता गर्न लागेको स्पष्ट पारे ।

प्रचण्डले समाजवादको नयाँं यात्रा तय गर्न सबैसँग आग्रह समेत गरेका छन् । उनले टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले समाजवादको नयाँ यात्रा तय गर्ने अभियान अन्तर्गत पछिल्लो समय नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव र जसपाबीच सहकार्य भएको बताए ।  

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ११ : २५ बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४