‘बैंकले पैसा दिए आम मान्छे मिटरब्याजीकहाँ किन ठगिन जान्छ ?’ « Khabarhub

‘बैंकले पैसा दिए आम मान्छे मिटरब्याजीकहाँ किन ठगिन जान्छ ?’


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले केही मुठीभर सम्भ्रान्तले मात्रै बैंकबाट ऋण पाउने अवस्था रहेको भन्दै यसको अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको छलफलमा भाग लिँदै सांसद साहले राष्ट्र बैंकबाट हुने गरेको पुँजी परिचालनबारे पनि प्रश्न उठाएका छन् ।

राष्ट्र बैंकले काठमाडौंबाहिर कति पुँजी परिचालन गरेको हो ? भन्ने प्रश्न गर्दै सांसद साहले आम मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको उल्लेख गरे । ‘बैंकले पैसा दिए आम मानिस व्यक्तिकहाँ किन ठगिन जान्छ ?’ उनले प्रश्न गरे ।

उनले आम जनता बैंकबाट ऋण नपाएपछि मिटरब्याजीहरूको मारमा परेको उल्लेख गर्दै मानिसहरु मिटरब्याजका कारण ठगिएको र आत्महत्या समेत गर्न बाध्य भएको कहालीलाग्दो अवस्था रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : ५७ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६