निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद « Khabarhub

निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले स्वच्छ, तथ्यपरक र निष्पक्ष पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।

प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन कैलालीको आज धनगढीमा भएको अधिवेशनको उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले सुदूरपश्चिमको पत्रकारिताले राष्ट्रिय पत्रकारितामा महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।

छुट्टै प्रसङ्गमा उनले छिमेकी मुलुक भारत र चीनको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए । कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले पनि पत्रकारिता निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर दवाडी, कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, प्रेस युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँरलगायतले पत्रकारिता र पत्रकारको हकहितका बारेमा बोलेका थिए। अधिवेशनले युनियनको नयाँ जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ४० बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु