इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लियो « Khabarhub

इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लियो


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानले हर्मुजको स्टे«टमा तेल बोकेको एक ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ ।

इरानको इस्ना समाचार संस्थाले इरानको सैनिक दस्ता रिभल्यूशनरी गार्ड कर्प आईआरजीसीलाई उद्धृत गर्दै जनाएअनुसार खाडी क्षेत्रबाट तेल तस्करी गरिरहेको अवस्थामा तेल बोकेको एक ट्यांकरलाई नियन्त्रणमा लिएको जनाएको हो ।

आइआरजीसीले जनाएअनुसार खाडी क्षेत्रको लाराक टापुबाट हिडेको उक्त ट्यांकरमा १० लाख लिटर तेल र १२ जना विदेशी चालक दलका सदस्य रहेको जनाएको छ ।

इरानले नियन्त्रणमा लिइएको ट्यांकरको पहिचान सार्वजनिक गरिसकेको छैन । यद्यपि पानीजहाजसम्बन्धी श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उक्त ट्यांकर एमटी रिह भएको हुनसक्ने अनुमान छ ।

उक्त पानीजहाज लाराक टापुबाट ओमनतर्फ तेल बोकेर जान लागेको जनाइएको छ । उक्त ट्यांकरले अन्तिमपटक गत आइतबार होर्मुजको स्टे«टस्थित केशम टापु नजिकैबाट आपतकालिन संकेत जारी गरेको थियो । आइआरजीशीले अरु कुनै पनि पानीजहाजलाई कब्जा नगरेको स्पष्ट पारेको छ ।

पछिल्लो केही समययता हर्मुजको स्ट्रेटमा तेल बोकेका ट्यांकरमाथि एकपछि अर्को गरी आक्रमण भइरहेका बेला इरानले तेल बोकेको ट्यांकर नियन्त्रयणमा लिएको जनाएको हो । केही समयअघि मात्र बेलायती ट्यांकरमाथि आक्रमणको प्रयास भएको थियो भने त्यसअघि पनि सो क्षेत्रमा ट्यांकरलाई निशाना बनाएर आक्रमण हुँदै आएको छ ।

अमेरिकी चेतावनी

यता अमेरिकाले भने विदेशी ट्यांकर इरानले नियन्त्रणमा लिएको विषयमा टिप्पणी गर्दै सो क्षेत्रमा व्यावसायिक पानीजहाजको सहज तथा स्वतन्त्र आवागमन सुनिश्चित गर्न तयार रहेको जनाएको छ । सो क्षेत्रस्थित अमेरिकी सैनिक कमाण्डरले व्यावसायिक पानीजहाजको स्वतन्त्र आवागमनको सुनिश्चितताका लागि अमेरिकाले आक्रमक रुपमा लागि पर्ने जनाएका हुन् ।
साउदी अरबको राजधानी रियादमा बोल्दै अमेरिकी केन्द्रिय निर्देशनालय सेन्टकमका प्रमुख जनरल किथ मकेन्जीले सो क्षेत्रमा स्वतन्त्र आवागमन सुनिश्चितता गर्न सो क्षेत्रका अन्य मुलुकहरुसँग संवाद गरिरहेको जनाएका छन् । पछिल्लो केही महिनायता इरानलाई लक्षित गरी अमेरिकाले मध्यपूर्वमा सैनिक उपस्थितीलाई बाक्लो बनाउँदै लगेको छ ।

सो क्षेत्रमा यसअघि पानीजहाजलाई लक्षित गरी भएका आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका तथा खाडी क्षेत्रमा अमेरिकी साझेदार मुलुकहरुले आरोप लगाउने गरेका छन् । यद्यपि इरानले ती आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

त्यसबाहेक बहराइनमा रहेको अमेरिकी नौसेनाको पाचौं एकाईले सो क्षेत्रमा गस्तीलाई अझ तीब्र बनाउँदै लगेको समेत जनाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : २४ बजे

अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई

ललितपुरमा बाटो हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप

काठमाडौं- ललितपुरमा बाटो हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध

मौद्रिक नीति : ब्याजदर र नीतिगत दरहरू यथावत्

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा अधिकांश नीतिगत दर,

ठमेलमा बढ्यो भारतीय पर्यटकको चहलपहल, पर्यटन व्यवसाय चलायमान

काठमाडौं- सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको

नेप्से परिसूचक २४ अंकले बढ्यो

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज