इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लियो | Khabarhub Khabarhub

इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लियो


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानले हर्मुजको स्टे«टमा तेल बोकेको एक ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ ।

इरानको इस्ना समाचार संस्थाले इरानको सैनिक दस्ता रिभल्यूशनरी गार्ड कर्प आईआरजीसीलाई उद्धृत गर्दै जनाएअनुसार खाडी क्षेत्रबाट तेल तस्करी गरिरहेको अवस्थामा तेल बोकेको एक ट्यांकरलाई नियन्त्रणमा लिएको जनाएको हो ।

आइआरजीसीले जनाएअनुसार खाडी क्षेत्रको लाराक टापुबाट हिडेको उक्त ट्यांकरमा १० लाख लिटर तेल र १२ जना विदेशी चालक दलका सदस्य रहेको जनाएको छ ।

इरानले नियन्त्रणमा लिइएको ट्यांकरको पहिचान सार्वजनिक गरिसकेको छैन । यद्यपि पानीजहाजसम्बन्धी श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उक्त ट्यांकर एमटी रिह भएको हुनसक्ने अनुमान छ ।

उक्त पानीजहाज लाराक टापुबाट ओमनतर्फ तेल बोकेर जान लागेको जनाइएको छ । उक्त ट्यांकरले अन्तिमपटक गत आइतबार होर्मुजको स्टे«टस्थित केशम टापु नजिकैबाट आपतकालिन संकेत जारी गरेको थियो । आइआरजीशीले अरु कुनै पनि पानीजहाजलाई कब्जा नगरेको स्पष्ट पारेको छ ।

पछिल्लो केही समययता हर्मुजको स्ट्रेटमा तेल बोकेका ट्यांकरमाथि एकपछि अर्को गरी आक्रमण भइरहेका बेला इरानले तेल बोकेको ट्यांकर नियन्त्रयणमा लिएको जनाएको हो । केही समयअघि मात्र बेलायती ट्यांकरमाथि आक्रमणको प्रयास भएको थियो भने त्यसअघि पनि सो क्षेत्रमा ट्यांकरलाई निशाना बनाएर आक्रमण हुँदै आएको छ ।

अमेरिकी चेतावनी

यता अमेरिकाले भने विदेशी ट्यांकर इरानले नियन्त्रणमा लिएको विषयमा टिप्पणी गर्दै सो क्षेत्रमा व्यावसायिक पानीजहाजको सहज तथा स्वतन्त्र आवागमन सुनिश्चित गर्न तयार रहेको जनाएको छ । सो क्षेत्रस्थित अमेरिकी सैनिक कमाण्डरले व्यावसायिक पानीजहाजको स्वतन्त्र आवागमनको सुनिश्चितताका लागि अमेरिकाले आक्रमक रुपमा लागि पर्ने जनाएका हुन् ।
साउदी अरबको राजधानी रियादमा बोल्दै अमेरिकी केन्द्रिय निर्देशनालय सेन्टकमका प्रमुख जनरल किथ मकेन्जीले सो क्षेत्रमा स्वतन्त्र आवागमन सुनिश्चितता गर्न सो क्षेत्रका अन्य मुलुकहरुसँग संवाद गरिरहेको जनाएका छन् । पछिल्लो केही महिनायता इरानलाई लक्षित गरी अमेरिकाले मध्यपूर्वमा सैनिक उपस्थितीलाई बाक्लो बनाउँदै लगेको छ ।

सो क्षेत्रमा यसअघि पानीजहाजलाई लक्षित गरी भएका आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका तथा खाडी क्षेत्रमा अमेरिकी साझेदार मुलुकहरुले आरोप लगाउने गरेका छन् । यद्यपि इरानले ती आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

त्यसबाहेक बहराइनमा रहेको अमेरिकी नौसेनाको पाचौं एकाईले सो क्षेत्रमा गस्तीलाई अझ तीब्र बनाउँदै लगेको समेत जनाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : २४ बजे

राजावादीलाई सूर्य थापाले भने- लुटपाट गरेर, वियर चोरेर राजतन्त्र फर्किँदैन

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्रीले गत

सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

दमौली– तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवासुविधा जनताको नजिक

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे सभापति देउवासँग परामर्श

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन सुरु

मुस्ताङ– मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा संकलन सुरू गरिएको छ

ओडिसाको कलेजमा नेपाली छात्राको मृत्युबारे छानबिन गर्न सरकारलाई सभामुखको रूलिङ

काठमाडौं- प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)