आईसीसी विश्वकप छनोट : सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल | Khabarhub Khabarhub

आईसीसी विश्वकप छनोट : सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ।

नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो। विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डन्ड र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए।

नेपाल समूह चरणको पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो।

दोस्रो प्लेअफमा युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँगको भेट पक्का गरेको हो।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ११ बजे

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा