सिङ्गापुरमा पानी जहाज दुर्घटना « Khabarhub

सिङ्गापुरमा पानी जहाज दुर्घटना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिङ्गापुरको बन्दरगाहमा सानो पानीजहाज दुर्घटना भएको छ । सिङ्गापुरको जलक्षेत्रमा आपूर्ति तथा कामदार बोक्ने पानीजहाज दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त पानीजहाज क्यारिबियन मुलुक डोमिनिकाको ध्वजावाहक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ओशन कुपर २ नामक दुर्घटनाग्रस्त पानीजहाजबाट तीन जना इण्डोनेशियाली नाविकलाई उद्धार गरिएको सिङ्गापुरका अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि उद्धार गरिएका तीनै जनाको अवस्था सामान्य रहेको र दुर्घटना भएको क्षेत्रमा तेल चुहिएको कुनै सङ्केत नदेखिएको जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : १३ बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र