पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमण बढ्दै « Khabarhub

पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमण बढ्दै


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमणका घटना बढ्दै गएका छन् । पछिल्लो समय पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा शिख समुदायका मानिसमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी उनको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मारिने व्यक्तिको नाम मनमोहन सिंह रहेको बताइएको छ ।

३४ वर्षे सिंह अटो रिक्सा चढेर घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार अज्ञात हतियारधारीको समूहले उनीमाथि गोली प्रहार गरेका थिए । उनलाई अस्पताल लगिएको र त्यहीँ उनको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ४६ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका