पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमण बढ्दै « Khabarhub

पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमण बढ्दै


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमणका घटना बढ्दै गएका छन् । पछिल्लो समय पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा शिख समुदायका मानिसमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी उनको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मारिने व्यक्तिको नाम मनमोहन सिंह रहेको बताइएको छ ।

३४ वर्षे सिंह अटो रिक्सा चढेर घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार अज्ञात हतियारधारीको समूहले उनीमाथि गोली प्रहार गरेका थिए । उनलाई अस्पताल लगिएको र त्यहीँ उनको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ४६ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि