बाढीपहिरो पीडितलाई सहयोग गर्न ओलीको आग्रह « Khabarhub

बाढीपहिरो पीडितलाई सहयोग गर्न ओलीको आग्रह


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र सहयोगमा जुट्न सबैमा आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षायाम लागेसँगै बाढीपहिरोको खतरा रहेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उच्च सतर्कता अपनाउँदै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

उनले भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेको उल्लेख गर्दै सतर्कता अपनाउन भनेका छन् । उनले भनेका छन्, ‘पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।’ 

अध्यक्ष ओलीले नेकपा एमालेको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

अध्यक्ष ओलीले बाढीपहिरोको जोखिमबारे आफ्ना निकायहरूलाई यथोचित परिचालन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्  ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै