पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्छ : कांग्रेस नेता रिजाल | Khabarhub Khabarhub

पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्छ : कांग्रेस नेता रिजाल


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्  । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उनको  सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताएका हुन् ।

देशमा प्रजातन्त्र प्राप्तिका लागि स्व. राईको योगदान अतुलनीय रहेको बताउँदै उनले  प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी रहेको उल्लेख गरे । ‘इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ ।’ उनले भने ।

कांग्रेसभित्र रूपान्तरणको खाँचो रहेको र त्यसका लागि केन्द्रीयस्तरमा आफूहरु लागेको नेता रिजालको भनाइ थियो । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीलाई थप जिम्मेवार हुन सचेत गराएको उनले उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालले स्व. राई ओखलढङ्गाको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै देशको परिवर्तनका लागि सङ्घर्षरत  नेता भएकाले आज पनि उनको योगदानको स्मरण हुने गरेको  बताए ।

स्वर्गीय नेता राईको सालिकमा नेता  रिजाल, सांसद  खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायतले माल्यार्पण गर्नुभएको बलबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष शङ्कर खनालले बताए ।

उन्नाइस पटक देशको कार्यवाहहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेता राईको विसं २०६७ असार २० गते ८९ वर्षको उमेरमा निधन भएको थियो । जिल्लामा प्रायः सबैजसो पार्टीले स्व राईको योगदानको स्मरण गर्ने गर्दछन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ४३ बजे

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस