मेरो अभिव्यक्तिबारे बबन्डर मच्चाउन खोजियो, यसबाट केही पनि हुँदैन : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

मेरो अभिव्यक्तिबारे बबन्डर मच्चाउन खोजियो, यसबाट केही पनि हुँदैन : प्रधानमन्त्री प्रचण्ड


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् ।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट विपक्षीहरुको पूर्वाग्रह देखिएको टिप्पणी गरे । उनले विपक्षको पूर्वाग्रहबाट केही पनि नहुने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले आफूले उनले बोलेको कुरालाई नै आफूले भनेको बताए ।

कार्यक्रममा उनले भने, ‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उनले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उनले बोलेको ।’

‘मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो ।’ उनले भने, ‘अब त्यसलाई उचालेर फेरि एकपटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ ।’

त्यसबाट केही नहुने भन्दै उनले विपक्षीमा कति धेरै विक्षिप्तता र पूर्वाग्रह रहेको प्रष्ट हुने बताए ।

यसअघि सोमबार एक कार्यक्तममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह दिल्ली जाने गरेको बताएका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ३ : १२ बजे

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले