धनगढी बम काण्डबारे विप्लव समूहले भन्यो-हाम्रो संलग्नता छैन « Khabarhub

धनगढी बम काण्डबारे विप्लव समूहले भन्यो-हाम्रो संलग्नता छैन


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढीमा भएको बम बिस्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा ५ जना घाईते भएका थिए । घटनामा घाईते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए ।
उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाईते होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरलाको अहिले पनि माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ।

शुरुमा सिलिण्डर पड्किएको बताईएपनि सिलिण्डर नभएर बम भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ। घटनास्थलबाट पेस्तोल र एउटा संकास्पद मोटरसाईलक फेला परेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।

सिंह र सेरला बमसहित मोटरसाईलकमा आएको र होटलमा बसिरहेको अवस्थामा भित्तामा ठोक्किएपछि विस्फोट भएको अनुमान प्रहरीले गरेको छ।

विप्लव समूहले- भन्यो हाम्रो संलग्नता छैन

यसैबीच नेत्र विक्रम चन्द्र विप्लव नेकपाले कैलाली बम विस्फोटको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ। सञ्चारमाध्यममा घटनामा विप्लव नेकपाको हात रहेको आशंकासहितको समाचार आएको अवस्थामा विप्लव नेकपाले यस्तो दाबी गरेको हो ।

नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे । एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’

विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ५७ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा