राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाई एशोसिएसन गठन « Khabarhub

राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाई एशोसिएसन गठन


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाई एशोसिएसन गठन गरेका छन् ।

व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थीसमेत हुन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

पूर्वविद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा विद्यार्थी भेलामार्फत एशोसिएसन गठन गरिएको हो । एशोसिएसनको तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नवीनकुमार वर्मा र कोषाध्यक्षमा पुनिता रिमाल चयन भएका छन् ।

समितिका सदस्यहरूमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा छन् । एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारमा चयन गरेको छ । यस्तै, विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारको रूपमा चयन गरिएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ११ बजे

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले