गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु « Khabarhub

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरबाट रोल्पातर्फ गुडेको बसमा करेन्ट प्रवाह हुँदा बसमा यात्रा गरिरहेका दुईजनाको मृत्यु भएको छ।

राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

घटनामा  बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी महेन्द्र वली गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । उनलाई उपचारका लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । बसमा २५ यात्रु रहेको बताइएको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १२ : २५ बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री