थाहा नगरपालिकाका तीन सय कृषकलाई अनुदान « Khabarhub

थाहा नगरपालिकाका तीन सय कृषकलाई अनुदान


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो ।

दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०७९–८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई आठ लाख चार हजार चार सय २२ अनुदान वितरण गरिएको छ ।

नियमित रुपमा डेरीमार्फत दूध बिक्री गर्ने कृषकले बिक्री गरेको दूधको परिमाणका आधारमा अनुदान रकम वितरण गरिएको नवदुर्गा ट्रेडर्सद्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तौलाले बताए ।

‘डेरीमार्फत दूध बिक्री गर्ने ३३ जना कृषकले ९१ हजार ६३ लिटर दूध बिक्री गरेका थिए’, उनले भने, ‘सोही परिमाणका आधारमा एक लाख ५६ हजार नौ सय ७० वितरण गरिएको हो ।’

त्यस्तै नन्दकिश्वर डेरी प्रालिमार्फत ८५ कृषकले एक लाख तीन हजार चार सय ५८ लिटर दूध बिक्री गरेबापत रू एक लाख ७८ हजार तीन सय ३६, देवदर्शन निष्ठा डेरी उद्योगमार्फत एक सय ५३ कृषकले दुई लाख २६ हजार चार सय ९२ लिटर दूध बिक्री गरेबापत तीन लाख ९० हजार चार सय १७ र सुन्तलाबारी कृषि सहकारी संस्था लिमिटेडमार्फत २८ जना कृषकले २७ हजार ५९ लिटर दूध बिक्री गरेबापत ६६ हजार ६ सय ३३ वितरण गरिएको नगरपालिकाको पशु विकास शाखाले जनाएको छ ।

शाखाका अनुसार गाईको दूधमा प्रतिलिटर एक रुपैयाँ ७५ पैसाका दरले र भैँसीको दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन अनुदान वितरण गरिएको हो । नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ ।

नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले प्रोत्साहन अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए ।

नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने नीतिअनुरुप गाईभैँसी पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १२ : ४६ बजे

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२