एनभीए भलिबल : एपिएफको विजयी सुरुवात « Khabarhub

एनभीए भलिबल : एपिएफको विजयी सुरुवात


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सातौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा नेपाल एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार भएको खेलमा दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले विजयी सुरुवात गरेको हो । खेलमा एपिएफले दावालीलाई २५–२२, २५–२३ र २५–२३ ले पराजित गरेको हो ।

त्यस्तै शनिबार नै पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि रोमान्चक जित हात पारेको छ । पुलिसले गण्डकीमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलमा पुलिसले २५–२१, २५–१६, १३–२५, २४–२६ र १५–१० को सेटमा जित हात पारेको हो ।

त्यस्तै पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पनि सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आर्मीले सैलुङलाई २५–८, २५–१३ र २५–१७ ले पराजित गरेको हो ।

यस्तै प्रतियोगीतामा महिलातर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम सहभागी छन् भने पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिम सहभागी छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ४७ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा