बाजुरा जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो « Khabarhub

बाजुरा जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुरामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप जगन्नाथ गाउपालिका–५ भुँकाखोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । बोगटी जीपका चालक हुन् ।

चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको छ भने सामान्य घाइतेहरुको कोल्टी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा ८ जना मुगुका, १ जना बाजुराको स्वामीकार्तिक गाउँपालिकाका र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।

तस्वीर- लक्ष्मण जोशी

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ३४ बजे

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी