कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा « Khabarhub

कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ आज पनि नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । 

थापालाई असंवैधानिक तवरले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिटमा यसअघि दुई पटक ‘हेर्न नभ्याइने’ भन्दै स्थगित भएको थियो ।

हेर्न नभ्याइने सूचीमा परेको यो तेस्रो पटक हो ।

न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा पनि बस्नुपर्ने भएका कारण आजको सुनुवाइ स्थगित गरिएको जनाइएको छ ।

कोशी प्रदेशमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको भन्दै एमालेले त्यसविरुद्ध रिट दायर गरेको थियो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा एमालेले सो प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : ३० बजे

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

काठमाडौं– सर नमस्कार म बोलेको (नाम मर्यादाका लागि गोप्य) ।

जनकपुर बोल्ट्सले बिहीबार आमा नामको जर्सी लगाउने (तस्बिरहरू)

जनकपुर– एनपीएल दोस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेलमा आमालाई

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु

जेरुसेलम– इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा

बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहमा भइरहेको सरकारी सवारी

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ

काठमाडौं– नेपाली फिल्म ‘परान’ले अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सफलता हासिल