स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुचारु « Khabarhub

स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुचारु


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्युआर र नेपाल पे क्युआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्युआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्युआर मार्फत आबद्ध भएका विभिन्न मोबाइल बैंकिङ, वालेट र कनेक्ट आइपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्ध सम्पूर्ण दुई लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी, स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्युआर नेटवर्कमा आबद्ध तीन लाख पचास हजारभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचान मा समय नखर्ची सीधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ५६ बजे

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन