प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण हेलिकप्टर उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएको सुरक्षा सेवाका अधिकारीलाई उद्धृत गर्दै कम्पनीका सुरक्षा गार्ड फ्रान्सिस ल्वाम्बाले एएफपीलाई बताएका छन् ।

दुर्घटनामा फ्रान्सेली पाइलट, एक दक्षिण अफ्रिकी प्रशासक र सुरक्षाको जिम्मेवारीमा रहेका पोल्याण्डका कार्यकारीको मृत्यु भएको छ । बोस माइनिङ नामको कोबाल्ट र तामा फर्मको स्वामित्वमा रहेको हेलिकप्टर छिमेकी लुआलाबा प्रान्तको कोल्वेजीका निम्ति उडेको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ४१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको