प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु | Khabarhub Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण हेलिकप्टर उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएको सुरक्षा सेवाका अधिकारीलाई उद्धृत गर्दै कम्पनीका सुरक्षा गार्ड फ्रान्सिस ल्वाम्बाले एएफपीलाई बताएका छन् ।

दुर्घटनामा फ्रान्सेली पाइलट, एक दक्षिण अफ्रिकी प्रशासक र सुरक्षाको जिम्मेवारीमा रहेका पोल्याण्डका कार्यकारीको मृत्यु भएको छ । बोस माइनिङ नामको कोबाल्ट र तामा फर्मको स्वामित्वमा रहेको हेलिकप्टर छिमेकी लुआलाबा प्रान्तको कोल्वेजीका निम्ति उडेको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ४१ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार