मनाङ एयर हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने सरकारको निर्णय | Khabarhub Khabarhub

मनाङ एयर हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने सरकारको निर्णय


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलटसहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।

त्यस्तै बैठकले अनुचित लेनदेन मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।

बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ, जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : २३ बजे

संसद्को अवरोध खोल्ने सभामुखको कोसिस, देउवा र गृहमन्त्रीसँग छलफल 

काठमाडौँ– नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन्

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं– अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन

गोयलको अलकत्रामा गडबडी, महासंघ भन्छ-क्षतिपूर्ति देऊ

काठमाडौं- सडक कालोपत्रे गर्दा प्रयोग गरिने अलकत्रा (बिटुमिन) को मुख्य

जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत

काठमाडौं–गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट