ललिता निवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।

भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जनाएको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : १२ बजे

कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र

काठमाडौं– नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण

नेपालको सीमाबाट तीन पाकिस्तानी आतङ्ककारी बिहार प्रवेश गरेको भारतीय सञ्चार माध्यमको दाबी

काठमाडौं- भारतीय सञ्चार माध्यमले नेपाली सीमाबाट भारतको बिहार राज्यमा तीन

प्रचण्ड विराटनगर पुग्दा बुटवलमा एकसाथ देखिए जनार्दन र विप्लव

काठमाडौँ- पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग

फेरि सत्याग्रह सुरु गर्दै डा. केसी  

काठमाडौं– प्राध्यापक डा. गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा

गायक ढकालको लगानी रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त

काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माण रहने फिल्म ‘मालती मंगले’को