पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराँची– पाकिस्तानमा अर्का एकजना पूर्व प्रधानमन्त्री भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका छन् । हालका प्रधानमन्त्री इमराज खानभन्दा अगाडि सत्तामा रहेका शाहिद खक्वान अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ परेका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको हो । अघिल्लो साता मात्रै भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अली जर्दारी पक्राउ परेका थिए ।

अब्बासीले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को आयात सम्झौतामा अर्बौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।

अब्बासी पाकिस्तान मुस्लिम लिग नजाव (पीएमएल–एन)का वरिष्ठ नेता हुन् । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि अब्बासी प्रधानमन्त्री बनेका थिए ।

आफ्नो प्रधानमन्त्री कालमा (२०७४ फागुनमा) अब्बासी नेपाल भ्रमणमा समेत आएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : १५ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत