जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन « Khabarhub

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै प्रदर्शन गरिएको हो ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै घर जलाइएको, दाङमा जातकै कारण डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध खबरदारी गरेको मोर्चाले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर, मलाई विभेद स्वीकार्य छैन, षडयन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावादलगायतका नारा लगाएका थिए ।

उनीहरुले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  २ : ५० बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका