अभिनेत्री शाहविरुद्धको मुद्दामा दाबी नपुग्ने अदालतको फैसला « Khabarhub

अभिनेत्री शाहविरुद्धको मुद्दामा दाबी नपुग्ने अदालतको फैसला


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध दर्ता गरेको मुद्धामा दाबी नपुग्ने अदालतले फैसला सुनाएको छ । बुधबार मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला सुनाएको हो ।

अभिनेत्री शाहविरूद्ध अध्यक्ष केसीले काठमाडौं जिल्ला अदालत २०७७ साउन ९ गते गाली–बेइज्जती मुद्दा दर्ता गरेका थिए ।

तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जारमाध्यममा आरोप–प्रत्यारोप चलेको थियो। साम्राज्ञीले भुवनले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : ४९ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक