आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने « Khabarhub

आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ । 

आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको हो।

आईएमएफका एक अधिकारीका अनुसार कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड–बाय व्यवस्थालाई अनुमोदन गरेको छ। 

पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न बेलआउट कार्यक्रम स्वीकृत गरिएको आईएमएफले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आईएमएफको स्वीकृतिले तत्कालै १.२ बिलियन अमेरिकी डलर निकासा गर्न अनुमति दिएको छ ।

बाँकी रकम दुई त्रैमासिक समीक्षापछि चरणबद्ध रूपमा वितरण गरिनेछ। आईएमएफको शर्त पूरा गर्न पाकिस्तानले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर र युएईबाट १ अर्ब अमेरिकी डलर मागेको थियो ।

प्रधानमन्त्री शहबाज शरीफले बेलआउट कार्यक्रम अर्थतन्त्रलाई स्थिर बनाउन सरकारको प्रयासको परिणाम रहेको बताए । उनले भने, ‘आईएमएफको सहयोगमा तत्काल र मध्यकालीन आर्थिक चुनौतीहरू पार गर्न सकिन्छ। यसले पाकिस्तानको आर्थिक अवस्था मजबुत हुनेछ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ०३ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत