आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने « Khabarhub

आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ । 

आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको हो।

आईएमएफका एक अधिकारीका अनुसार कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड–बाय व्यवस्थालाई अनुमोदन गरेको छ। 

पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न बेलआउट कार्यक्रम स्वीकृत गरिएको आईएमएफले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आईएमएफको स्वीकृतिले तत्कालै १.२ बिलियन अमेरिकी डलर निकासा गर्न अनुमति दिएको छ ।

बाँकी रकम दुई त्रैमासिक समीक्षापछि चरणबद्ध रूपमा वितरण गरिनेछ। आईएमएफको शर्त पूरा गर्न पाकिस्तानले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर र युएईबाट १ अर्ब अमेरिकी डलर मागेको थियो ।

प्रधानमन्त्री शहबाज शरीफले बेलआउट कार्यक्रम अर्थतन्त्रलाई स्थिर बनाउन सरकारको प्रयासको परिणाम रहेको बताए । उनले भने, ‘आईएमएफको सहयोगमा तत्काल र मध्यकालीन आर्थिक चुनौतीहरू पार गर्न सकिन्छ। यसले पाकिस्तानको आर्थिक अवस्था मजबुत हुनेछ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै