मेक्सिको– मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् । उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई खाए, यसपछि खोपडीलाई एस्ट्रे बनाएर प्रयोग गरे ।
अल्भारोले २९ जुनमा आफ्नी श्रीमतीको हत्या गरेका थिए । सान्ता मुर्टे (आवर लेडी अफ होली डेथ) र शैतानले उनलाई आफ्नी श्रीमतीलाई मार्ने आदेश दिएको आरोपितले पुलिसलाई बताएका छन् ।
द मिररको रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् ।
श्रीमतीको हत्या गर्ने अल्भारो पेसाले निर्माण व्यवसायी हुन् । उनले गत वर्ष मारिया मोन्टसेराटसँग विवाह गरेका थिए । मारिया पहिले नै विवाहित थिइन् । उनका पाँच छोरी छन् । जेठी छोरी २३ वर्ष र कान्छी १२ वर्षकी छिन् ।
आरोपितले आफ्नी श्रीमतीको मस्तिष्कको भाग खाएको र उनको खप्परलाई एस्ट्रेको रूपमा प्रयोग गरेको स्वीकार गरेका छन्। उनका अनुसार हत्या पछि पीडितको शव टुक्राटुक्रा पारेर प्लाष्टिकको झोलामा हालेका थिए ।
हत्या भएको दुई दिनपछि अभियुक्तले आफ्नी सौतेनी छोरीलाई आफ्नो अपराध स्वीकार्दै बोलाएका थिए । उनले सौतेनी छोरी मारिया एलिसिया मोन्टील सेरानलाई भनेका थिए, ‘मैले तिम्री आमाको हत्या गरी झोलामा राखेको छु, आएर लैजाऊ ।’
प्रतिक्रिया