नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै | Khabarhub Khabarhub

नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।

खेल बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा रहेको नेपाली टोली बंगलादेशलाई हराउन बिहीबार पूर्ण सामथ्र्यको साथ मैदानमा उत्रिनेछ ।

यसअघि गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ गोलले हारेको नेपाललाई यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउँदै बदला लिने अवसर जुरेको छ ।

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ९ : २७ बजे

यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो

एजेन्सी– उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्वविद्हरूले आठ हजार

एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?

काठमाडौँ– प्रमुख सत्तारुढ नेकपा (एमाले)मा दुई लाइन संर्घष बढाइरहेकी पूर्वराष्ट्रपति