सेयर बजारमा म्युचुअल फन्डको लगानी २० प्रतिशतले बढ्यो « Khabarhub

सेयर बजारमा म्युचुअल फन्डको लगानी २० प्रतिशतले बढ्यो


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फन्डहरुले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यसअवधिसम्म आइपुग्दा फन्डहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो महिना यिनीहरुले १ अर्ब १८ करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । जेठ महिना सेयर बजारमा वृद्धि भएका कारण फन्डहरुको नाफा पनि बढेको हो ।

म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले, बजारमा उतारवढाव आउँदा यिनीहरुको लगानी पनि तलमाथि हुने गर्छ ।

यसका साथै, प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि बढ्ने वा घट्ने भइरहन्छ । अघिल्लो महिना २० अर्ब ४६ करोड ९५ लाख रुपैयाँ रहेको फन्डहरुको लगानी अहिले बढेर २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत धेरै हो ।

यता, म्युचुअल फन्डहरुको बैंक मौज्दात भने ०.४७५ ले घटेको छ । यस अवधिमा फन्डहरुले कुल ८ अर्ब ८२ करोड १२ लाख रुपैयाँ बैंकमा जम्मा गरेका छन् । अघिल्लो महिना ८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बैंक मौज्दात थियो ।

जेठ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको देखिएको छ । यसको न्याभ ९४ पैसाले बढेर १२ रुपैयाँ ८० पैसा पुगेको छ । वैशाखमा न्याभ ११ रुपैयाँ ८६ पैसा थियो । यस अवधिसम्म आइपुग्दा सबै फन्डहरुको न्याभ वृद्धि भएको छ ।

बजार बढेको प्रभाव यिनीहरुको न्याभमा पनि देखिएको हो । सबैभन्दा कम न्याभ मेगा म्युचुअल फन्ड–१ को छ । यसको न्याभ जम्मा ८ रुपैयाँ ६३ पैसा रहेको छ । जम्मा ११ वटा फन्डलहरुको न्याभ १० रुपैयाँ भन्दा कम छ । बाँकी सबैको सो भन्दा धेरै देखिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : ४१ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद