बाल सुधार गृह र वृद्धाश्रम नबन्दा पुँजीगत खर्च कम देखियो : मन्त्री आचार्य « Khabarhub

बाल सुधार गृह र वृद्धाश्रम नबन्दा पुँजीगत खर्च कम देखियो : मन्त्री आचार्य


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले वृद्धाश्रम र बाल सुधार गृह निर्माण आयोजना अघि नबढ्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिँदै उनले पुँजीगत कार्यक्रम सामान्य प्रकृतिका भए पनि दुई आयोजना अघि बढ्न नसक्दा चालु खर्च कम देखिएको बताए ।

“मन्त्रालयको बजेटको ठूलो हिस्सा चालु खर्चबाट कार्यान्वयन गर्ने प्रकृतिको छ”, मन्त्री आचार्यले भने, “तर, काठमाडौँको गोठाटारस्थित अस्पतालसहितको वृद्धाश्रम र तनहुँको ढकालटारमा बालसुधारगृह निर्माण आयोजना अघि बढाउन नसक्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको हो । ‍”

बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट स्वीकृत कार्यक्रमबमोजिम कार्यक्रम सञ्चालन गर्न बजेट पर्याप्त भएको स्पष्ट पारे ।

“हालसम्म पाँच सय ३६ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ”, मन्त्री आचार्यले भने, “यस कार्यक्रमलाई निरन्तरता दिनका लागि बजेटको कमि छैन ।” उनले आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरेर परियोजनालाई थप परिमार्जन गर्नेसमेत बताए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  २ : ५३ बजे

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले