काठमाडौंमा चोरीका घटना बढ्यो– सुन पैसासहित रक्सीका बोतल पनि चोरी ! « Khabarhub

काठमाडौंमा चोरीका घटना बढ्यो– सुन पैसासहित रक्सीका बोतल पनि चोरी !


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा चोरीको घटना बढेको छ ।

बिहीवार नैकाप, कलंकी र घट्टेकुलोमा चोरीका घटना सार्वजनिक भएका छन् । चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने नकुल श्रेष्ठको घरबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी करिब १ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने नुवाकोट तारुका गाउँपालिका-७ घर भएकी मनिता भण्डारीको डेरा कोठाबाट नगद तथा सुनको बिभिन्न गरगहना समेत गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।

यस्तै काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने मकवानपुर घर भएका ३८ वर्षीय बाबुराम उपाध्यायको किराना पसलबाट नगद २ लाख ५० हजार रुपैयाँ, ब्ल्याकलेवल रक्सी १२ थान, रेड लेवल रक्सी १२ थान र वाईन ८ थान समेत गरी करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ३० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि