करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने  | Khabarhub Khabarhub

करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने 


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका हुन् । ‘करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आँकलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो’, अर्थमन्त्री महतले भने, ‘हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन् ।’

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाउनुपर्ने माग गरेका थिए तर सुर्तीजन्य वस्तुमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र स्वास्थ्य जोखिमसमेत जोड्दा उच्चदरमा कर लागिरहेको उहाँको भनाइ थियो । आर्थिक विधेयकमा राखिएको वैदेशिक पर्यटन शुल्क विदेशबाट नेपालमा आउने पर्यटकका लागि नभई विदेश घुम्न जाने नेपालीका लागि लगाइएको कर भएको पनि अर्थमन्त्री महतले स्पष्ट पारे ।  

पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको पनि उनको भनाइ थियो । ‘अर्थतन्त्र चलायमान हुँदैछ । मूल्यवृद्धि घट्दै गएको छ । ब्याजदर सहज हुँदै गएको छ । यसले गर्दा राजस्व वृद्धि हुने प्रसस्त आधार दिन्छ’, मन्त्री महतले भने ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १ : २८ बजे

रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ

रौटहट– सशस्त्र प्रहरी बल नेपालले लागूऔषधको कारोबारमा संलग्न दुई युवालाई

कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुन नदिने के छ रणनीति ?

सुर्खेत– कर्णाली प्रदेशका प्रमुख राजमार्गलाई बर्सात समयमा अवरुद्ध हुन नदिनका

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न

कञ्चन गाउँपालिकाका पाँच सय परिवारले पाए एकसाथ लालपुर्जा

काठमाडौं– रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँच सय परिवारले एकसाथ लालपुर्जा

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक