सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीद्वारा प्रदर्शन « Khabarhub

सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीद्वारा प्रदर्शन


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

असार मसान्तसम्म पनि व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, लामो समयदेखिको बाँकी बीलको रकम तुरुन्त भुक्तानी गर, माइलस्टोनको व्यवस्था तुरुन्तर खारेज गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सरकारले आफूहरुको भुक्तानी नगर्दा निर्माण कार्यमा असर परेको, तलब खुवाउन नसकेको बैंकको ब्याज तिर्न नसकेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको महासंघका प्रचार प्रसार विभाग संयोजक शिवहरि घिमिरेले बताए ।

महासंघले माइलस्टोनको व्यवस्था खारेज गर्न प्रधानमन्त्री लगाएत सबै ठाँउमा आवाज उठाउँदा पनि कुनै सम्बोधन नभएको भन्दै अब कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  २ : ५८ बजे

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी– जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय

सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक

काठमाडौं– गर्मीलाई मध्यनजर गर्दै सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

बेइजिङ– युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले

तरकारीले पाएन मूल्य, कृषक भन्छन्- मजदुरलाई दिने पैसा पनि उठेन

चितवन– जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान