ललिता निवास प्रकरणका निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्दैन ? : सांसद सिंह « Khabarhub

ललिता निवास प्रकरणका निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्दैन ? : सांसद सिंह


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन ? भन्दै प्रश्न गरे ।

मन्त्री र प्रधानमन्त्रीको आदेश भएपछि कुन कर्मचारीले टिप्पणी उठाउँदैन ? प्रश्न गर्दै उनले तर, निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरे ।

सरकार भ्रष्टाचारविरुद्ध लागेको हो भने शारदाप्रसाद त्रितालको प्रतिवेदनअनुसार कारबाही गर्न माग गर्दै उनले रुलिङ दिएमा आफूले उक्त प्रतिवेदन सांसदहरुलाई बाँड्न तयार रहेको बताए ।

ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च व्यक्तिलाई जोगाउन खोजिएको भन्दै उनले प्रश्न गरे, ‘सानालाई ऐन, ठूलालाई चैन ?’

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ३ : १० बजे

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा– गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया

फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज

तेहरान- इरान र इजरायलबीच फेरि युद्ध चर्किएको छ। इरानले गयराति

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

चितवन– यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

तेहरान– अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको