केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह « Khabarhub

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल–चीनबीचको रसुवागढी नाकाबाट केरुङ जान पाउने परिचयपत्र सहज रूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् ।

व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरुले आग्रह गरेका हुन् ।

टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।

अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि, २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारीलाई प्रवेश अनुमति प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर प्रालिले संयुक्त रूपमा माग गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले यस सम्बन्धी कार्यविधि बनाइ नियमानुसार रसुवागढी नाकाको समस्या छिट्टै समाधान गरिने बताए । कोरोना सङ्क्रमणपश्चात्  २०७९ साल चैत १८ गतेदेखि पुनः नाका सञ्चालन भएको थियो ।

अनावश्यक टिकाटिप्पणी हटाइ रसुवागढी नाकालाई व्यवस्थित तथा मर्यादित बनाएर रसुवाको छवि उच्च पार्न गोसाइँकुण्ड गाउँपालिकाले स्थानीय व्यापारीसँग सुझाव सङ्कलन गरिसकेको छ ।

केरुङतर्फ आयातनिर्यात हुने सामानको ढुवानीमा छ सय सवारी चालक र छ सय सहचालक कार्यरत रहेको ट्रक कन्टेनर व्यवसायी प्रालिले जनाएको छ । सीमा क्षेत्रमा अनेक प्रकारका समस्या आउने भएकाले समाधानका लागि दुई देशका सीमा सुरक्षा अधिकारीसमक्ष अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : १२ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित