भायानेटकी सीईओ बोहरा सम्मानित  « Khabarhub

भायानेटकी सीईओ बोहरा सम्मानित 


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहरा व्यावसायिक महिला २०२३ पुरस्कारबाट सम्मानित भएकी छिन् ।

स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक समारोहमा उनलाई व्यावसायिक महिला २०२३ पुरस्कारबाट सम्मानित गरिएको हो ।

यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तीकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ ।

सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो ।

सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम प्रविधि पहिलो पटक नेपालमा सञ्चालनमा ल्याउने टोलीको अभिन्न अङ्गको रूपमा, उनले नेपाली घर(घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।

सीईओ बोहराको दूरदर्शी मार्गदर्शनमा, भायानेट कम्युनिकेसन लिमिटेडले ९० सहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ, ५१ शाखाहरू स्थापना गरेको छ र १५ सय भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।

भायानेट कम्युनिकेसन लिमिटेडमा, श्री बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको छ। कम्पनी अत्याधुनिक उत्पादन र सेवाहरू प्रदान गर्न समर्पित छ जसले आफ्ना ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्दछ ।

भरपर्दो र उच्च गतिको इन्टरनेट लाई देशका विभिन्न सहर र दूर दराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटको निरन्तर प्रयास छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ०५ बजे

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३‘ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको