एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग  « Khabarhub

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग 


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुलीको एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले एक विशेष समारोहकाबीच सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ४ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालय डकाहालाई खानेपानी व्यवस्थापनमा १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादीक्षामा थप सहज हुने बैंकको विश्वास छ ।

साथै विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए ।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र सामाजिक अभियन्ता श्री जानुका श्रेष्ठको उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : २४ बजे

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा