आवश्यकता अनुसार संविधानको संशोधन हुन सक्छ : एमाले अध्यक्ष ओली « Khabarhub

आवश्यकता अनुसार संविधानको संशोधन हुन सक्छ : एमाले अध्यक्ष ओली


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका हुन् ।

ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रित संविधान जनताले चाहेको धारणा राखे । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आएपनि यसमा अपूर्ण देखि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए ।

उनले भारतलगायतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिँदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यकता अनुसार संविधानको संशोधन हुन सक्ने बताए ।

ओलीले समग्रतामा मानवअधिकार पूर्ति हुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ३० बजे

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ