आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने « Khabarhub

आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंक तथा वित्तिय संस्थाहरू आज पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतका विषयलाई ध्यानमा राख्दै शनिवार पनि बैंक तथा वित्तिय संस्था राखिने भएको हो ।

सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो ।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज बैंक तथा वित्तिय संस्थाहरू खुला रहने भएका हुन् ।

चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : २५ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६