वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध « Khabarhub

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । 

सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा सूचीकृत हुनुपर्नेछ । कोषमा औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन् ।

कोषमा हालसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कूल छ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन् । कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई पाँच अर्ब एक करोड दाबी भुक्तानी गरेको छ । 

कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उनका अनुसार हालसम्म रू ३६ अर्ब २६ करोड योगदान रकम संकलन भएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । 

कोषले औपचारिक क्षेत्रका श्रमिकका तर्फबाट मासिक ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत योगदान रकम संकलन गर्दै आएको छ । कोषबाट हालसम्म ८८ हजार पाँच सय ८५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ५४ बजे

सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक

काठमाडौं– गर्मीलाई मध्यनजर गर्दै सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

बेइजिङ– युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले

तरकारीले पाएन मूल्य, कृषक भन्छन्- मजदुरलाई दिने पैसा पनि उठेन

चितवन– जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

इरान–अमेरिका तनावबीच रुस पुगे अब्बास

एजेन्सी– इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक प्रयास