बाढी र डुवानसम्बन्धी जरुरी महत्वको प्रस्ताव पेश गर्न नेकपा र कांग्रेस एक ठाउँमा « Khabarhub

बाढी र डुवानसम्बन्धी जरुरी महत्वको प्रस्ताव पेश गर्न नेकपा र कांग्रेस एक ठाउँमा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राष्ट्रिय सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संयुक्त रुपमा जरुरी महत्वको प्रस्ताव पेश गरेका छन् ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने साना दलसमेतको समर्थनमा नेकपा र कांग्रेसले बाढी तथा डुवानको संकट समाधानका लागि जरुरी महत्वको प्रस्ताव पेश गरेका हुन् ।

नेकपाका तर्फबाट खिमलाल भट्टराई, कांग्रेसका तर्फबाट बन्द्री पाण्डे र राजपका तर्फबाट बृषेशचन्द्र लालले संयुक्त रुपमा राष्ट्रिय सभामा जरुरी महत्वको प्रस्ताव पेश गरेका हुन् ।

जरुरी महत्वको प्रस्ताव पेश गर्दै सत्तारुढ दल नेकपाका सांसद भट्टराईले सत्तापक्ष र विपक्ष नभनी राष्ट्रिय संकटको मुद्दामा एक भएर उभिएको बताए ।

शुक्रबार दर्ता भएसँगै राष्ट्रिय सभामा बाढी तथा डुवानको संकट समाधानको जरुरी महत्वको प्रस्तावमाथि छलफल शुरु भएको छ ।

प्रस्तावमाथिको छलफल सकिएपछि गृहमन्त्री रामबहादुर थापा (बादल)ले उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ५९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा