जयनगर–जनकपुर रेलसेवा विस्तार, आजदेखि महोत्तरीको भंगाहासम्म चल्ने « Khabarhub

जयनगर–जनकपुर रेलसेवा विस्तार, आजदेखि महोत्तरीको भंगाहासम्म चल्ने


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवाले आफ्नो क्षेत्र  विस्तार गरेको छ । 

विस्तारित सेवाअनुसार जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको हो ।

रेलसेवा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

विस्तारित रेल सेवाको बिहान साढे १० बजे भंगाहा स्टेसनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि  जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । आजबाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ५९ बजे

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा– गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया

फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज

तेहरान- इरान र इजरायलबीच फेरि युद्ध चर्किएको छ। इरानले गयराति

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

चितवन– यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

तेहरान– अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको