भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल | Khabarhub Khabarhub

भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो मुलुकमा कुनै पनि धर्म खतरामा नरहेको जनाएका छन् ।

इण्डियन इस्लामिक कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले भारत एक समावेशी लोकतान्त्रिक मुलुकका रुपमा रहेको र यहाँ सबै नागरिकको समान स्थान रहेको उल्लख गरे ।

उनले भारतमा अन्य धर्मिक समूहजस्तै इस्लाम धर्मको पनि महत्वपूर्ण एवम् गौरवशाली स्थान रहेको स्पष्ट पारे ।

आतंकवादको कुनै धर्म नहुने भन्दै डोभालले भारतमा हरेक भाषा धर्म तथा संस्कृति शताब्दीऔँदेखि एक साथ रहीआएको जिकिर गरे ।

भारतमा इस्लाम धर्मावलम्बीको सङ्ख्या ३३ इस्लामिक देशमा बस्ने मुसलमानको सङ्ख्याभन्दा धेरै रहेको भन्दै उनले इस्लामले भारतमा शान्ति र अमनको जीवन्त अभिव्यक्तीलाई बढावा दिएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ०९ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि