भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल « Khabarhub

भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो मुलुकमा कुनै पनि धर्म खतरामा नरहेको जनाएका छन् ।

इण्डियन इस्लामिक कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले भारत एक समावेशी लोकतान्त्रिक मुलुकका रुपमा रहेको र यहाँ सबै नागरिकको समान स्थान रहेको उल्लख गरे ।

उनले भारतमा अन्य धर्मिक समूहजस्तै इस्लाम धर्मको पनि महत्वपूर्ण एवम् गौरवशाली स्थान रहेको स्पष्ट पारे ।

आतंकवादको कुनै धर्म नहुने भन्दै डोभालले भारतमा हरेक भाषा धर्म तथा संस्कृति शताब्दीऔँदेखि एक साथ रहीआएको जिकिर गरे ।

भारतमा इस्लाम धर्मावलम्बीको सङ्ख्या ३३ इस्लामिक देशमा बस्ने मुसलमानको सङ्ख्याभन्दा धेरै रहेको भन्दै उनले इस्लामले भारतमा शान्ति र अमनको जीवन्त अभिव्यक्तीलाई बढावा दिएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ०९ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर