नवलपुरमा ८७ प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

नवलपुरमा ८७ प्रतिशत रोपाइँ सम्पन्न


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

उक्त केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले अघिल्लो वर्ष असार मसान्तसम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको बताए। “लामो समयदेखिको खडेरीका कारण यो वर्ष देशैभर धान रोपाइँ ढिलो सुरु भएको थियो” उनले भने, ‘साउन १५ गतेसम्म जिल्लाको सबै ठाउँमा धान रोपाइँ सकिने हामीले अनुमान गरेका छौँ ।’ लामो समयको खडेरीका कारण समयमै धानको बीउ राख्न नपाउँदा नवलपुरमामा धान रोप्न ढिलाइ भएको छ । 

वैकल्पिक प्रविधि अपनाएर सिँचाइ पुगेका क्षेत्रमा असार सुरुभएसँगै रोपाइँ सुरु गरिए पनि अन्य क्षेत्रमा कुलो ढिलो सञ्चालन हुँदा र आकासे पानी नपर्दा अधिकांश खेतीयोग्य जमिनमा रोपाइँ ढिला भएको सूचना अधिकारी पौडेलको भनाइ थियो । जिल्लामा यसवर्ष १८ हजार आठ सय १६ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ । 

यहाँ लगाइने धानखेतीबाट प्रतिहेक्टर चार दशमलव नौ मेट्रिकटनका दरले करिब ७७ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको  उनको भनाइ थियो । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ६० हजार ६६७ हेक्टर खेतीयोग्य जमिन भएकामा २७ हजार ३६१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।
‘नवलपुरमा खेतीयोग्य जमिन र सिँचाइ हुने जमिनको तुलनामा धान खेती हुने जमिन निकै नै कम छ’, सूचना अधिकारी पौडेलले भने, ‘अघिल्लो वर्ष २० हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको थियो तर यस वर्ष बर्खे धान रोपाइँ हुने क्षेत्रफल पनि घटेको छ ।’ 

कृषक नगदे बालीमा आकर्षित हुनु तथा खेतमा प्लटिङ गर्ने परिपाटी बढ्दै जानाका कारण बर्खे धान लगाइने क्षेत्रफल खुम्चिँदै गएको हो । जिल्लामा सावित्री, रामधान, सावा मन्सुलीलगायत बर्खे धान  लगाउने गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १ : ३८ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी