सर्वोच्चको आदेश पालना गर्न अटेर गर्दै गौशालामा नगरसभा सम्पन्न « Khabarhub

सर्वोच्चको आदेश पालना गर्न अटेर गर्दै गौशालामा नगरसभा सम्पन्न


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीको गौशाला नगरपालिकाले सर्वोच्च अदालतको आदेश पालना गर्न अटेर गरेको पाइएको छ । नगरसभा कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविपरीत पालिकाले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो ।

उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमा सर्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई यथावत राखी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतको निमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएपनि त्यसको अवज्ञा भएको छ ।

नगरप्रमुख दिपेन्द्र महतोले नगरलाई कुनै आधिकारिक पत्र प्राप्त नभएको हुनाले नीति तथा कार्यक्रमलाई औपचारिकता दिएको बताए ।

‘सामाजिक सञ्जालमा कसले के हाल्छ, हामी पछि लाग्न सक्दैनौँ । हामीलाई अदालतले अहिलेसम्म औपचारिक पत्र पठाएको छैन,’ उनले भने, ‘अदालतले कार्यालयमा पत्र पठाएमा हामी निर्णय मान्न तयार हुनेछौँ ।’

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ०३ बजे

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख