खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित | Khabarhub Khabarhub

खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आदिस अबाबा- संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ ।

क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो ।

डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी प्रभावित क्षेत्रमा लाखौं शरणार्थीको आगमनले यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको उल्लेख गरेको छ ।

“सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा भएपछि ‘हर्न अफ अफ्रिका’ भनेर चिनिने सोमाली प्रायद्वीपमा व्यापक मौसमी खडेरी परेको छ, जसले कृषि, पशुधन, वनस्पति, जलस्रोत, जीविकोपार्जन र चरन स्रोतलाई प्रभावित पारेको छ,” डब्लुएफपीको प्रतिवेदनमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले उक्त क्षेत्रमा लामो समयदेखिको खडेरीका कारण दुई करोड ३४ लाख मानिस खाद्य असुरक्षामा परेको र ५१ लाख बालबालिका कुपोषित भएको अनुमान गरेको छ ।

यस वर्षको सुरुमा डब्लुएफपीले मार्चदेखि मे २०२३ को बीचमा अर्को खराब वर्षायामको घटनाले उक्त प्रायद्वीपका समुदायहरूमा विनाशकारी परिणामहरू ल्याउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ०३ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार