खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित « Khabarhub

खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आदिस अबाबा- संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ ।

क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो ।

डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी प्रभावित क्षेत्रमा लाखौं शरणार्थीको आगमनले यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको उल्लेख गरेको छ ।

“सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा भएपछि ‘हर्न अफ अफ्रिका’ भनेर चिनिने सोमाली प्रायद्वीपमा व्यापक मौसमी खडेरी परेको छ, जसले कृषि, पशुधन, वनस्पति, जलस्रोत, जीविकोपार्जन र चरन स्रोतलाई प्रभावित पारेको छ,” डब्लुएफपीको प्रतिवेदनमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले उक्त क्षेत्रमा लामो समयदेखिको खडेरीका कारण दुई करोड ३४ लाख मानिस खाद्य असुरक्षामा परेको र ५१ लाख बालबालिका कुपोषित भएको अनुमान गरेको छ ।

यस वर्षको सुरुमा डब्लुएफपीले मार्चदेखि मे २०२३ को बीचमा अर्को खराब वर्षायामको घटनाले उक्त प्रायद्वीपका समुदायहरूमा विनाशकारी परिणामहरू ल्याउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ०३ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ