दैनिक दुई हजार सात सयलाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल | Khabarhub Khabarhub

दैनिक दुई हजार सात सयलाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक करिब दुई हजार सात सय बिरामीले सेवा लिँदै आएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए ।

उनका अनुसार बिरामीले अनावश्यक दुःख झेल्न नपरोस् र अस्पतालको सेवालाई थप व्यवस्थित गर्न सकियोस् भनी धेरै भीडभाड हुने नाक, कान, घाँटी, बाथरोग, हाडजोर्नी उपचारसँग सम्बन्धित विभागमा टोकन प्रणाली लागू गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा विभिन्न विधाका ३६ वटा विभागमा करिब दुई हजार दुई सय जनशक्ति कार्यरत रहेको जानकारी दिँदै उनले त्रिवि शिक्षण अस्पताल हाताभित्र रहेका विपी कोइराला आँखा उपचार केन्द्र र मनमोहन कार्डियो भास्कुलर ट्रास्प्लान्ट सेन्टर भने अलग्गै रहेको स्पष्ट पारे ।

स्थापनाकालमा तीन सय एक शैय्या रहेको अस्पतालमा अहिले आठ सय एक शैय्या रहेको जानकारी दिँदै प्राडा काफ्लेले छोटो समयका लागि थप दुई सय शैय्यासमेत गरी एकैपटक एक हजार बिरामी अस्पतालमा भर्ना गरी उपचार गर्न सकिने व्यवस्था रहेको बताए ।

त्रिवि शिक्षण अस्पतालका बिरामी खचाखच हुने गरेकाले अधिक चाप परेको समयमा अस्पतालमा वैकल्पिक व्यवस्था गरी बिरामीको उपचार व्यवस्था मिलाउने गरेको उनको भनाइ छ ।

कार्यकारी निर्देशक काफ्लेले अस्पतालमा करिब दुई सय फ्याकल्टी डक्टर र नौ सय नर्सिङ स्टाफसहित अन्य आवश्यकीय जनशक्ति विभिन्न सिफ्टमा खटिएर अहोरात्र सेवा प्रदान गरिहेको जानकारी दिए ।

उनले सर्वसुलभ एवं गुणस्तरीय सेवा प्रदान गरी आमजनतालाई विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने एकमात्र लक्ष्य रहेको अस्पताललाई समाजका सबै क्षेत्रबाट साथ, सहयोग आवश्यक रहेको बताए ।

विभिन्न तह र पदका गरी करिब छ सय दरबन्दीको आर्थिक दायित्व सरकारले ब्यहोर्ने भएकाले बाँकी जनशक्तिका सेवासुविधा भने अस्पताल आफैँले व्यवस्था गर्नुपर्नेसमेत उनले जनाए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ३५ बजे

नगराइनमा नगरसभा नहुँदा शिक्षक र कर्मचारीले तलब पाएनन्

जनकपुरधाम– धनुषाको  नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी

रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद् बैठक रद्द

काठमाडौं– युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै

नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

काठमाडौं– काठमाडौंबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक

ओलीको कुरा सुन्न आएकाहरू भन्छन् : सरकारको काममा चित्त बुझाउने ठाउँ छैन

काठमाडौं– सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जनसभा

मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् 

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको