चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सव मनाइयो « Khabarhub

चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सव मनाइयो


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा पदाधिकारी एवं प्राध्यापकहरूले सन् १९७२ मा स्थापित महाराजगञ्ज क्याम्पसबाट उत्पादित जनशक्तिले मुलुकका अधिकांश अस्पतालमार्फत आमजनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा यसको दायरा वृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने खाँचो औँल्याएका थिए ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविजस्तो देशकै सबैभन्दा जेठो र ठूलो विश्वविद्यालयमा आवश्यक बजेट र जनशक्ति व्यवस्थाका लागि निरन्तर पहल गरे पनि सम्बोधन नभइदिँदा अनुसन्धान तथा कर्मचारीको वृत्तिविकासँग सम्बन्धित कामकाज प्रभावित हुन पुगेको बताए ।

उनले नेपाल सरकारको स्वीकृतिबिना त्रिभुवन विश्वविद्यालयममा कर्मचारी दरबन्दी वृद्धि गर्न नपाइने व्यवस्था रहेको जानकारी दिँदै अदालतमा परेको मुद्दा मामिलाका कारणसहित एक वर्षदेखि त्रिवि सेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी नियुक्ति तथा बढुवा प्रक्रिया अवरुद्ध भएको स्पष्ट पारे । चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राडा दिव्यासिंह शाहले २२ जना विद्यार्थी र तीन सय एक शैय्याबाट स्वदेशमा सुरु भएको  शिक्षण अस्पताल आज देशभर विस्तार भएको उल्लेख गर्दै शिक्षण अस्पतालहरूमा गुणस्तरीय शिक्षासहित सर्वसाधारणको पहुँच दिलाउन पहल भइरहेको बताइन् ।

सहायक डिन प्राडा अभ्युमन्यु झाले त्रिवि चिकित्सा शास्त्रअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका हैसियतले देशभर बर्सेनि विशेषज्ञ सेवासहितका चिकित्सक, नर्स तथा अन्य विधाका देशलाई आवश्यक स्वास्थ्यकर्मी उत्पादन भइरहेको बताए । सो अवसरमा महाराजगञ्ज क्याम्पसका क्याम्पस प्रमुख प्राडा अर्जुनप्रसाद लामिछाने, प्राडा सुरेश उप्रेती लगायतका वक्ताहरूले कर्मचारीको वृत्तिविकास, स्थायित्व, सेवा सुविधा लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ०३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको