ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ « Khabarhub

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुले दिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो बहस हुँदाहुँदै समय सकिएपछि उक्त विषयमा आज सुनुवाइ हुने भएको हो ।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : ५२ बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी